
धनबहादुर के.सी.
लोकतान्त्रिक जन–आन्दोलन २०६२÷०६३ को नेतृत्व नेपाली काँग्रेस पार्टीका तत्कालिन सभापति स्व. गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा तत्कालिन ने.क.पा. (एमाले) तथा वाम मोर्चा सहित लोकतान्त्रका अनुयायी विद्धान महिला–पुरुष, बिद्यार्थी, मानव अधिकारकर्मी, शिक्षक, व्यापारी, किसान–मजदुर, उद्योगपति आदिको उल्लेख्य अथवा सक्रिय सहभागितामा आन्दोलनको सफलता स्वरुप लोकतन्त्र प्राप्तीको क्रममा कतिपयले शहिदको साहदत प्राप्त गरे, कति अपाङ्ग भए, कतिपय बालबालिका आमाबुबा गुमाएर टुहुरा बने, कतिपय विद्यालय उमेरका युवा–युवतिहरुले ज्यानको बलिदानी समेत दिएर लोकतान्त्रिक जन–आन्दोलनका नेता तथा कार्यकर्ताहरुलाई जेलमुक्त गरी लोकतान्त्रिक शासन व्यवस्था प्रणाली अनुरुप नेपाल देशको उज्वल भबिष्यको परिकल्पनामा संयुक्त सहकार्य गदै गणतन्त्रको सामुहिक घोषणाद्धारा देशमा लोकतान्त्रिक राजनैतिक रङ्गीचङ्गी बढ्दै गएता पनि “लोकतान्त्रिक चौक” (दैलेख) प्रति सत्तापक्ष र प्रतिपक्ष पार्टीका नेता÷कार्यकर्ताहरुको कुदृष्टिको समय अवधि अझ कहिले सम्म छ होला ? यसको लागि ज्योतिषीको जरुरत नभइ भविष्य निर्माण गर्ने राज्यका विभिन्न तह र तत्काको घोषणा कार्यान्वयनका अध्यारा दिनहरु बितेको पनि आज बाह्र वर्ष पूरा भएर तेहौ्र बर्षमा प्रवेश भएको छ ।
लोकतान्त्रिक जन–आन्दोलन २०६२÷०६३ को सफलता प्राप्ती पश्चात आजको लोकतान्त्रिक गणतन्त्रको रङ्गरोगनमा शिर्षस्था नेताहरुको सामान्य उपचारमा पनि विदेश भ्रमणको अनुकूलता बनाउनु, देशको सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्दै नेतालाई व्यक्तिगत गाडीको सुविधा दिलाउनु, शासनसत्ताको हैकममा कार्यकर्तालाई टेण्डरको अवसर प्रदान गर्नु, नेताले आफ्नो छोरा–छोरीलाई स्टुडेन्ट भिषामा विदेशको रोजगारीमा पठाउने सत्ताको हालि–मुहालीमा सक्रिय उद्दण्डता देखाउने आदि जस्ता दुव्र्यवहारको चरमचुली पन्छाइ आज लोकतान्त्रिक चौकको दुरावस्था प्रतिको दया माया, भावना र सहानुभूतिको दृष्टि र हातहरु उठाउने कुन भगवान छन होला ? जुन भगावनले लोकतन्त्रको महिमालाई सबै नेता तथा कार्यकर्ता र नागरिकहरुमा लोकतान्त्रिक चौकको गरीमाको स्वरुप बदल्ने सच्चा संकल्पको प्रेरणा जागृत गराउन सकुन ।
लोकतान्त्रिक जन–आन्दोलन २०६२÷०६३ को नेतृत्व देखि लोकतान्त्रिक शासन व्यवस्था सुदृढता, संरक्षणर सम्र्वद्धनको नैतिक जिम्मेवार बहन गर्ने बिशेषत ः नेपाली काँग्रेस पार्टीका शिर्षनेता÷कार्यकर्ताहरुमा भए÷ गरेको गल्ती कमजोरीहरुको शिर्षस्थ नेताहरुमा व्यापक अहमत प्रवृति, नेता÷कार्यकर्ताहरुमा स्वार्थ भावानामा अन्र्तघाती प्रवृति एवं अविस्वास र असहयोगको व्यापक कार्यशैली आदिका कारणले कतै लोकतान्त्रिक जन–आन्दोलन २०६२÷०६३ को सफलतामा घुन–पुत्लाको रुपमा परिणत हुँदै लोकतन्त्रको कमजोरी अवस्थाले गति लिइरहदा लोकतान्त्रिक चौकको दुरावस्थाको जरो पनि गहिरिदै गएको त छैन ? यसैले लोकतान्त्रिक चौकको पिडाको अन्त्यको समावधिक नैतिक जफाव बिशेषगरी नेपाली काँग्रेस पार्टी–नेता तथा कार्यकर्ताहरुले व्यवहारिक रुपमा दिनुपर्ने प्रति शुभचिन्तकहरुको अनुरोध छ ।
लोकतान्त्रिक जन–आन्दोलन २०६२÷०६३ समयक्रममा हाल लोकतान्त्रिक गणतन्त्रको विभिन्न तह र तप्कामा पदाधकारी रहेका केहि नेता तथा कार्यकर्ताहरु तत्कालिन लोकतान्त्रिक जन–आन्दोलन २०६२÷०६३ को प्रतिरोध वा तत्कालिन सत्तापक्षको (राजाकोपक्ष) समर्थनमा सहभागी भइ स्थानीय निकायमा पदासिन व्यक्तिहरु व्यक्तिगत स्वार्थ लाभमा परेर अवसरवादी चरित्र चित्रणमा भुमिगत भूमिका निर्वाह गरेता पनि लोकतन्त्रवादी नेता तथा जनताहरुको बलियो संघर्षले सफलता प्राप्ती त भयो तर तिनै भूमिगत (कोब्राग्याङ) व्यक्तिहरुको पहुँच आजको लोकतान्त्रिक गणतन्त्रको सबै तह र तप्कामा बाहुल्य रहेकोले पनि होला कि यस “लोकतान्त्रिक चौक” (दैलेख) ले अन्यायको पिँडामा थिचिरहन मिचिरहन बाध्य भएको होला । सायद लोकतान्त्रिक गणतन्त्रको शपथमा रमाएका तिनै नेता तथा कार्यकर्ता हरुको मानसिक परिवर्तनको व्यवहारिक रुपरङ्गको प्रतिक्षाको समय अवधि अब कति छ होला ?
लोकतान्त्रिक जन–आन्दोलन २०६२÷०६३ को हत्या गर्ने प्रयासरत पुर्वराजा ज्ञानेन्द्र शाह पनि बेलाबखतमा लोकतन्त्रको प्रतिगमनकारी नेता तथा कार्यकर्ताको हौसला एवं उत्साहमा स्वतन्त्र र गरिमामय वातावरणमा देश भ्रमण गर्दछन, भने लोकतान्त्रिक गणतन्त्रको छत्रछायाँमा रहदै आएको “लोकतान्त्रिक चौक” (दैलेख) को पिँडा र दुरावस्थाको अन्याय÷ अत्याचारबाट उन्मुक्ति पाउने (समय अवधि) कहिल्य होला । भन्ने बारेमा बाध्य र विवसमा रहदै आइरहेको महसुस हुन्छ ।
वि.स. २०७६ साल भदौ २६ गतेको स्थानीय पत्रिका (पञ्चकोशी खबर दैनिकमा संविधान दिवसको अवसरमा घरघरमा राष्ट्रिय झण्डाको नाप सहितको सूचना पढ्दा विडम्वनाको महसुस भयो किनकि संविधान दिवस मनाउने पाउने अवसरको प्रवेशद्धारको रुपमा लोकतान्त्रिक जन–आन्दोलन २०६२÷०६३ को सफलताले सार्वजनिक स्थलको रुपमा तत्कालिन लोकतान्त्रिक नेताहरुको सामुहिक घोषणामा नामाकरण सम्म गरिएको “लोकतान्त्रिक चौक” मा आज सम्म पनि एउटा राष्ट्रिय झण्डा सम्मले उक्त चौकको पहिचान गराउनमा कसैले पनि एउटा राष्ट्रिय झण्डा बनाउन नसकेका लोकतान्त्रिक गणतन्त्रको सत्तापक्ष र प्रतिपक्ष रहेर शासन संचालन गरिहेका स्थानीय देखि संघीय सम्मका नेता तथा कार्यकर्ताहरुलाई स्थानीय खबर पत्रिकाको माध्यमद्धारा सचेतना जागृत गराउन प्रभावकारी भूमिका निर्वाहमा पत्रकारिताको बौद्धिक दवाबमा लोकतान्त्रिक चौकको भविष्य निर्माण प्रति उपलब्धी हासील हुनेगरी योगदान मुलक सहयोगको अपेक्षामा यस “लोकतान्त्रिक चौक” (दैलेख) ले प्राथना गरिहेको बारे सादर अनुरोध छ ।
यसका साथ साथै प्रेस जगतमा बौद्धिक सम्पादक ज्यूहरुबाट स्थानीय तहदेखि केन्द्रिय तह सम्म मा यस “लोकतान्त्रिक चौक” (दैलेख) पिँडा वेदना सहितको दुरावस्थाको सकारात्मक विश्लेषण सहितको सम्पादकीय टिप्पणीलाई केन्द्रिय स्तरबाट समेत प्रकाशन हुने सबै जसो पत्रपत्रिकामा समाबेस हुने गरी उल्लेखनिय सहयोग पु¥याइ प्रतिक्षाको घडिलाई वास्तविकतामा बदल्ने गरी राजनैतिम, सामाजिक र आर्थिक पक्षको सहमत÷समर्थन जुटाउन बलियो जगको रुपमा भूमिका निर्वाहको परिणममा अन्यायको समय र व्यवहारलाई विस्थापित गरी न्यायोचित समयको समर्थनलाई दिगो रुपमा स्थापित गर्न “लोकतान्त्रिक चौक” (दैलेख) प्रतिक्षारत रहेको बारे सर्वत्र निकायमा जानकारी गराउदै यो सातको विचार÷ विमर्सबाट विश्राम विट मार्ने अनुमति माग्दछु नमस्कार ।







